कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडहर्स सेमिफाइनलमा

ताप्लेजुङ — पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा इलामको रेडहर्स क्लब शनिबार सेमिफाइनलमा पुगेको छ । रेडहर्सले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो ।

रेडहर्स सेमिफाइनलमा

निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । पहिलो हाफ गोलरहित भएको खेलमा इलामले मध्यान्तरपछि छैटौं मिनेटमा गोलको खाता खोल्यो । फोफोनाले गोल गरेर टिमलाई अग्रता दिलाएको तीन मिनेटपछि नै फिदिमका मनोज गुरुङले गोल फर्काएर आफ्नो टिमलाइ बराबरीमा पुर्‍याए ।


समय घर्किएकाले अतिरिक्त समयमा नखेलाएर सिधै टाइब्रेकरमा नतिजा निकालिएको हो । रेडहर्सको तर्फबाट टम्पी, फोफोना र विवेक राईले गोल गरे भने प्रदीप विष्ट र हरि सिटौलाले गोल गर्न सकेनन् । उनीहरूको प्रहार फिदिमका गोलकिपर सुरेश गुरुङले रोकेका थिए ।


फिदिमका प्रवीण जबेगु र जमिन लक्समको प्रहार गोलकिपर सौरभ सुवेदीले बचाए भने मनोज गुरुङको प्रहार पोस्ट माथिबाट बाहिरियो । टोलीका लागि शरण बस्नेत र गजिन राईले मात्र गोल गरे ।


खेलमा म्यान अफ द म्याच इलामका गोलकिपर सौरभ भए । रेडहर्सले भदौ २ मा एलेभेन एरोज सुनसरी र युकेएफसी दार्जलिङको विजेता टिमसँग फाइनल पुग्नका लागि खेल्नेछ ।


आइतबार मोरङका टोली बेलबारी फुटबल क्लब र डाँगीहाट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : भाद्र १, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?