कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युनाइडेट गोल्डकप भदौ पहिलो साताबाट

नारायण शर्मा

नवलपरासी — ३५औँ संस्करणको युनाइडेट गोल्डकप भदौ पहिलो साताबाट हुने भएको छ । युनाइटेड युवा क्लब झयालबासले आयोजना गर्दै आएको यो प्रतियोगितामा विजयी हुने टिमले नगद २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो पुरस्कार राशी जिल्लाकै सर्वाधिक पुरस्कार राशी हो ।


२० वटा टिमको सहभागिता रहने यो प्रतियोगिताको उपविजेताले नगद एक लाख २५ हजार रुपैयाँ पाउने आयोजक क्लबका अध्यक्ष हरि थापाले बताए ।


झयालबासस्थित संस्कृत उच्चमाविको प्रांगणमा आयोजना हुने उक्त प्रतियोगिताको अन्तिम खेल असोज २ गते हुनेछ ।

प्रकाशित : श्रावण २६, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?