कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

दुर्गालाल केसी

दाङ — घोराहीमा राष्ट्रिय सिनियर तथा जुनियर आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । असोज ३ देखि ६ गतेसम्म हुने प्रतियोगितामा सात प्रदेश, दुई विभागीय र एक आयोजक गरी १० टिमको सहभागिता रहनेछ । 

दाङमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

दाङ आईटिएफ तेक्वान्दो एसोसिएसनको आयोजना र भरतपुर आईटिएफ तेक्वान्दोको सहकार्यमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा देशभरबाट ३ सय ५० खेलाडी सहभागी हुनेछन् ।


२० देखि ८० किलो समूहका प्रतियोगिता हुने उक्त प्रतियोगितामा महिला र पुरुषका १३/१३ समूह हुने दाङ आईटिएफ तेक्वान्दो एसोसियसनका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । एक प्रदेशबाट ३० जनाका दरले खेलाडी आउने उनले जानकारी दिए ।


जिल्लामा खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, खेलाडीलाई प्रोत्साहन गर्ने, खेलको व्यवसायीकरण गर्ने र जिल्लामा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय प्रशिक्षक भिमबहादुर थापाले बताए ।


प्रतियोगितामा १७ लाख बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?