कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ यू–१५ फुटबल: पहिलो खेल भारतविरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले कल्याणी रंगशाला, पश्चिम बंगालमा हुने साफ यू–१५ च्याम्पियनसिप २०१९ को पहिलो खेलमा दुईपल्टको च्याम्पियन भारतको सामना गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार भदौ ४–१४ सम्म हुने च्याम्पियनसिपमा नेपाल, आयोजक भारतसँगै डिफेन्डिङ च्याम्पियन बंगलादेश, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने टिमले उपाधि होडका लागि फाइनल खेल्नेछन् ।


यू–१६ को रूपमा सन् २०११ मा काठमाडौंबाट सुरु भएको यो उमेर समूहको प्रतियोगितामा नेपाल दुईपल्ट फाइनल पुगेको थियो । दशरथ रंगशाला–२०१३ र एन्फा कम्प्पलेक्स–२०१७ मा भएको फाइनलमा नेपाललाई भारतले सिकार बनाएको थियो ।


गत वर्ष सातदोबाटोमै भएको पाँचौं संस्करणको सेमिफाइनल पाकिस्तानविरुद्ध ४–० ले हारेको नेपाली टिमले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पनि भारतलाई नतिजा सुम्पिएको थियो ।

प्रकाशित : श्रावण १४, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?