कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिलिपिन्सविरुद्ध जित

काठमाडौँ — इन्डोर हक्की एसिया कपमा बुधबार नेपाली महिला टोलीले फिलिपिन्सलाई ३–२ गोलले पराजित गरेको छ । 

फिलिपिन्सविरुद्ध जित

थाइल्यान्डको चोनबुरीमा भइरहेको प्रतियोगितामा नेपालको जितमा देविका बिकले दुई र निलिमा पाण्डेले एक गोल गरेका थिए । नेपाली महिला हक्कीले एसियाली टिमविरुद्ध पहिलो जित हात पारेको हो ।


गोलरक्षक कुश्मा राना मगरको कप्तानीमा रहेको नेपाली टोलीबाट सरिता मेचे, सीतामाया बल, उमा गुरुङ, अन्जना चन्द, विन्दु विष्ट, गुडिया सोनार, सरस्वती तामाङ, कमला पुन, निलिमा, देविका र समिक्षा पुनले खेलेका थिए ।


पहिलो दुई दिन नेपाली टोली उज्वेकिस्तानसँग ९–० र काजकिस्तानसँग ८–० ले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले लिगको अन्तिम खेलमा बिहीबार इरानसँग खेल्नेछ ।


पुरुषतर्फ नेपालले खेलेका तीनवटै खेलमा पराजय भोगेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १३–२ ले पराजित नेपालले काजकिस्तानसँगको खेल १२–१ ले र सिंगापुरसँगको खेल १५–१ ले गुमाएको थियो । समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा चाइनिज ताइपेईसँग खेल्नेछ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?