कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोग्बालाई रोब्सनको सुझाव

रोयटर्स

लन्डन — म्यानचेस्टर युनाइटेडका लिजेन्ड ब्रायन रोब्सनले ओल्ड ट्राफोर्डको खराब समय अन्त्य गर्न र क्लबले भविष्यबारे निर्णय लिनुअघि मिडफिल्डर पाउल पोग्बालाई प्रि–सिजन टूरको प्रशिक्षणमा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् ।

पोग्बालाई रोब्सनको सुझाव

पोग्वाका एजेन्ट मिनो राइयोलाले हालै द टाइम्ससँगको कुराकानीमा २६ वर्षीय फ्रान्सेली मिडफिल्डरले युनाइटेड छाड्न चाहेको बताएका थिए । त्यसो त पोग्बा आफैंले गत महिना टोकियोमा ‘अन्त कतै नयाँ चुनौती’ सामना गर्नेबारे विचार आएको प्रतिक्रिया दिएका थिए ।


युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले प्रि–सिजन टूरअन्तर्गत अस्ट्रेलिया जानुअघि पत्रकार सम्मेलनमा मिडियाप्रति आक्रोस व्यक्त गर्दै विश्व विजेता खेलाडीलाई विवादमा ल्याउने प्रयास भइरहेको बताएका थिए । ‘पोग्वाबारे धेरै अड्कलबाजी मिडियामा आइरहेका छन् । उनी एक शीर्ष खेलाडी हुन्,’ १३ वर्ष ओल्ट ट्राफोर्डमा बिताएका युनाइटेडका पूर्व कप्तान रोब्सनले भने, ‘तपाई युनाइटेडको खेलाडी हुनुहुन्छ, तपाई यस क्लबसँग अनुबन्धित हुनुहुन्छ भने तपाईले क्लबका लागि, टिमका लागि र समर्थकका लागि शतप्रतिशत योगदान गर्नुपर्छ ।’


पोग्बा सन् २०१६ मा इटालियन च्याम्पियन युभेन्ट्सबाट तत्कालीन कीर्तिमानी १ सय १२.२३ मिलियन अमेरिकी डलरमा युनाइटेड अनुबन्ध भएका थिए । त्यसयता एकरुपको प्रदर्शन गर्न असमर्थ उनले टिमका लागि सबै प्रतियोगितामा गरेर खेलेका १ सय ४२ खेलमा ३१ गोल गरेका छन् ।


इंग्लिस प्रिमियर लिगमा युनाइटेड गत सिजन छैटौं स्थानमा रह्यो । यसपल्ट अगस्ट ११ मा चेल्सीविरुद्धको खेलसँगै टोलीले नयाँ सिजन सुरु गर्नेछ ।


प्रकाशित : श्रावण १, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?