कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियामाथि नेपालको क्लिन स्विप, दोस्रो खेल ६ रनले जित्यो

काठमाडौँ — नेपालले मलेसियाविरुद्धको दुई टी-२० को सिरिजमा क्लिन स्विप गरेको छ । नेपालले आइतबार दोस्रो खेलमा ६ रनको जित निकाल्यो । यससँगै नेपालले सिरिजमा २–० को अग्रता लियो ।

मलेसियामाथि नेपालको क्लिन स्विप, दोस्रो खेल ६ रनले जित्यो

यसअघि नेपालले शनिबारको पहिलो खेलमा ७ विकटको जित हात पारेको थियो । किनारा ओभल क्रिकेट मैदानमा जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले १ सय ६७ रन मात्र बनाउन सक्यो ।


हारमा पनि मलेसियाले नेपालसामु बलियो चुनौती पेस गरेको थियो । मलेसियाले २० ओभर उपयोग गरेर ७ विकेट गुमाएको थियो । त्यसमा सोमपाल कामीले दुई र सन्दीप लामिछानेले दुई विकेट लिए ।


यसअघि नेपालले पहिले ब्याटिङ गर्दै १ सय ७३ रन बनाएको थियो र यो नेपाला लागि ट्वान्टी ट्वान्टी क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर हो । त्यसमा विनोद भण्डारीले विनोद भण्डारीले ५१ रन बनाए ।


उनी यसक्रममा नेपालका लागि सर्वाधिक छिटो अर्धशतक पूरा खेलाडी खेलाडी पनि बने । उनले २५ बलको मात्र सामना गरे । त्यसमा उनले ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै शरद भेषावकरले ४० रनको योगदान दिए ।

प्रकाशित : असार २९, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?