प्लेयर्स टु वाच : जेसन रोय

कान्तिपुर संवाददाता

सुरुआती ३ खेलपछि ह्याम्स्ट्रिङ चोट बोकेका ओपनर रोयको अनुपस्थितिमा टोलीले श्रीलंका र अस्ट्रेलियासँग पराजय बेहोरेको थियो ।

इंग्ल्यान्डको सेमिफाइनल प्रवेशको निर्णायक खेलमा पुनरागमन गरेका उनले लिगका अन्तिम २ खेलमा जोनी बेरिस्टोसँगको समन्वयमा जितको खाका कोरेका थिए । चोटबाट फर्किएपछि लगातार २ अर्धशतक बनाएका उनले अस्ट्रेलियाविरुद्ध ६५ बलमा ८५ रनको विस्फोटक इनिङ्स खेले । विश्वकपमा उनले ४ सय २६ रन प्रहार गरिसकेका छन् ।

प्रकाशित : असार २८, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

प्लेयर्स टु वाच : इंग्ल्यान्डका क्रिस वोक्स

कान्तिपुर संवाददाता

बलिङ अलराउन्डरको भूमिकामा वोक्सको प्रदर्शन औसत छ  । निर्णायक खेलमा उनले आफूलाई प्रमाणित गरेका छन्  ।

उच्च लयमा रहेका अस्ट्रेलियाका ओपनर डेविड वार्नरलाई आउट गरेका वोक्सको जोफ्रा आर्चरसँगको तालमेल पनि उच्च थियो । त्यो खेलमा उनले ८ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका थिए ।

लिग चरणमा भारत र न्युजिल्यान्डविरुद्ध उनले क्रमशः २ र १ विकेट लिएका थिए । जारी विश्वकपमा वोक्सले १० खेलमा ५.३८ को इकोनोमीसाथ १३ विकेट लिएका छन् ।

प्रकाशित : असार २८, २०७६ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्