कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राजिल नवौंपल्ट च्याम्पियन

एएफपी

रियो दी जेनेरियो, ब्राजिल — ग्याब्रियल जेससले रातो कार्ड बेहोरेपछि १० खेलाडीमा समेटिएको ब्राजिलले पेरुमाथि आइतबार ३–१ को जित निकाल्दै घरेलु भूमिमा सम्पन्न कोपा अमेरिकाको उपाधि जितेको छ । माराकाना रंगशालामा एभर्टनले अग्रता दिलाए पनि पेरुका कप्तान पाओलो गुरेरोले बराबरी गरेका थिए ।

ब्राजिल नवौंपल्ट च्याम्पियन

त्यसपछि जेससले निर्णायक गोल गरे । अन्तिम समयमा सब्स्टिच्यृट रिचार्लिसनले पेनाल्टीमा गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई नवौंपल्ट कोपा अमेरिकाको उपाधि दिलाए । ब्राजिल सन् २००७ यता च्याम्पियन भएको यो पहिलोपल्ट हो ।


जेससका लागि खेल सकिन २० मिनेटअघि खल्लो रह्यो कि उनले दोस्रो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्नुपर्‍यो । म्यानचेस्टर सिटीका फरवार्डले मैदा छाड्दा आँसु देखिएको थियो । उनको हातले आक्रमकताको संकेत दिएको थियो । पानीको बोतललाई लात हाने । भार राखिएको स्थान पनि लगभग घच्घच्याएका थिए । रातो कार्डपछि दौडिएका ब्राजिली खेलाडीहरूले जसरी भए पनि जित हात पारे ।


‘यो वास्तवमै विशेष रह्यो किनभने हामीले एकसाथ केही गरिरहेका थियौं,’ कप्तान डानी अल्भेसले भने । लिजेन्ड जोआओ गिल्बर्टोको शनिबार मृत्यु भएकाले खेलअघि एक मिनेट मौनधारण गरिएको थियो । अन्डरडग पेरुले आत्मविश्वासी सुरुआत गरेको थियो । प्रतिद्वन्द्वीलाई अवसर पनि खासै दिएन । तर चाँडै उनीहरूले उत्कृष्ट प्रतिद्वन्द्वीविरुद्ध राम्रो खेलाडी भएको देखाए ।


‘यो खेल उनीहरूले हाम्रो गल्तीमा अवसर खोजिरहे जस्तो देखिएको थियो र सबैलाई गोलमा परिणत गर्न खोजिएजस्तो,’ पेरुका एडिसन फ्लोर्सले भने । पेरुका प्रशिक्षक रिकार्डो गारेकाले ब्राजिललाई बल पोजेसनमा उसको वर्चस्व राख्नबाट रोक्न आवश्यक भएको शनिबार बताएका थिए । तर त्यो सजिलो भएको देखाए । ब्राजिलले सुरुबाटै बल प्रहारमा आक्रामक देखियो । त्यसै गरे पनि । निकै खतरनाक देखिए । जेससको व्यक्तिगत उत्कृष्ट कौशलमा पहिलो गोल निस्किएको थियो । उनले दुई डिफेन्स छक्याएर सिर्जनाक्रस गरेको बललाई अनमार्क एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।


ब्राजिलले खेल नियन्त्रण गरेको थियो । च्याम्पियनजस्तै देखिएको थियो । लेफ्ट–विंगर एभर्टन निकै चतुर देखिए । ब्राजिल जिततर्फ अग्रसर भइरहेको बेला पेरुले आक्रमण गर्‍यो । क्रिस्टियन कुएभाले क्रस गरेको बल थियागो सिल्भाको पाखुरामा लाग्यो र भारबाट निश्चित गरेपछि रेफ्रीले पेरुलाई पेनाल्टी दिए । त्यसमा गुरेरोले गोलकिपर एलिसनलाई गलत दिशामा डाइभ हान्न बाध्य पार्दै पहिलो हाफअघि नै पेरुलाई १–१ मा पुर्‍याए ।


पेरुले अनुभवको कमी र चलाखीपन नहुँदाको मूल्य पहिलो हाफको अन्तिम क्षणमा चुकाउनुपर्‍यो । उसको डिफेन्सलाई आर्थरलाई मिडफिल्डबाटै बल गुडाउन दिइयो । रेनाटो तापिया चिप्लिँदा उनलाई आक्रमण गर्ने स्थान मिल्यो । सेन्टरब्याक कार्लोस जाम्बानो पनि चिप्लिए । त्यसले आर्थरलाई जेसससामु बल दिने राम्रो अवसर मिल्यो ।

त्यसमा म्यानचेस्टर सिटीका फरवार्डले कुनै गल्ती गरेनन्, तल्लो कर्नरमा गोल गर्दै ब्राजिललाई २–१ ले अघि बढाए ।

दोस्रो हाफको सुरुमा पनि ब्राजिलले केही लोभलाग्दा प्रहार गरेको थियो । तर सिल्भा, डानी अल्भेस र काउटिन्हो गोल गर्न अससफल रहे । एभर्टन र एलेक्स सान्ड्रोले केही उत्कृष्ट शैलीका क्रस गरे पनि फिर्मिनोले बल बाहिर हाने । ब्राजिलले पूरा नियन्त्रण गरेको यस बेला पेरुलाई दुई पास खेल्न पनि गाह्रो भइरहेको थियो । अन्तिम २० मिनेटमा जादुयी परिवर्तन भयो ।


कुएभालाई चुनौती दिएपछि जेसस दोस्रो रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिए । अब आक्रमण गर्ने जिम्मेवारी पेरुमा रह्यो । मिगुइल ट्राउकोले नजिकबाट प्रहार गरेको बल एलिसनले रोके । फ्लोर्सको भली पोस्ट नजिकबाट बाहिरियो । खेलाडी परिवर्तन, फाउल र चोटले व्यस्त बनाएको अन्तिम क्षण पेरुको जोसिलो ऊर्जाको विपरीत

रह्यो । आयोजकलाई दिएको दबाबलाई उपयोग गर्न सकेन । जाम्ब्रानोले एभर्टनलाई फाउल गरेपछि पाएको पेनाल्टीमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको जित पक्का गरे ।कोपा अमेरिकाको ट्रफी चुम्दै ब्राजिली कप्तान डानी अल्भेस । उनी उत्कृष्ट खेलाडी पनि भए ।


प्रकाशित : असार २४, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?