कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीषा र चन्द्राको ह्याट्रिक

काठमाडौँ — श्रीषा कार्की र चन्द्रा भण्डारीले ह्याट्रिक गरेपछि उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा धनगढी उपमहानगरले काभ्रेको पनौती नगरपालिकालाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । 

श्रीषा र चन्द्राको ह्याट्रिक

हल्चोकस्थित सोमबार एपीएफ मैदानमा समूह ‘डी’ को खेलमा श्रीषाले पहिलो हाफ र चन्द्राले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । चन्द्राले ४ गोल गरेकी हुन् । अर्को एक गोल मनकुमारी चौधरीले गरिन् ।


श्रीषाले दोस्रो, चौथो र ३३ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरिन् । ३६ औं मिनेटमा मनकुमारी र ४० औं मिनेटमा चन्द्राले व्यक्तिगत पहिलो गोल गरेपछि धनगढीले पहिलो हाफमा ५–० को अग्रता लिएको थियो । दोस्रो हाफमा एकपक्षीय देखिएको धनगढीका लागि चन्द्राले ४८ र ७२ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरिन् । खेलको इन्ज्युरी समयमा चन्द्राले टिमका लागि आठौं र व्यक्तिगत चौथो गोल गरेकी हुन् ।


सोमबारै अन्य खेलमा मोरङको विराटनगर महानगरपालिकाले विदुर नगरपालिकालाई ३–२ र उदयपुरको चौदण्डीगढी नगरपालिकाले नवलपरासीको कावासोती नगरपालिकाविरुद्ध २–० को जित निकालेर प्रतियोगितामा जितयात्रा जारी राखेका छन् । आइतबार विराटनगरले पनौती र चौदण्डीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई पराजित गरेका थिए ।


हल्चोक मैदानमा अग्रता जोगाउन नसक्दा विदुरले नतिजा विराटनगरलाई सुम्पन बाध्य भयो । विराटनगरकी इमा राईले छैटौं मिनेटमै गोल गरी अगता दिलाएपछि २१ औं मिनेटमा तारा थिङ र ४४ औं मिनेटमा अनु लामाले गोल गरेपछि विदुरले खेलमा अग्रता बनाएको थियो । अन्तिम ५ मिनेट सम्हालिन नसक्दा विदुरले खेल गुमायो । रेखा पौडेलले ७६ र सावित्री मगरले इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेर विराटनगरलाई सनसनी जित दिलाएका हुन् ।


चौदण्डीगढीले भने कावासोतीमाथि पहिलो हाफमै लिएको अग्रता कायम राखेर खेल आफ्नो पक्षमा पार्‍यो । अनुष्का शेर्पाले तेस्रो र ४० औं मिनेटमा गोल गरी पहिलो हाफमा २–० को अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा गोल हुन सकेन ।

प्रकाशित : असार १०, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?