कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुर गोल्डकप : रूपन्देही सेमिफाइनलमा

(उदयपुर) — उदयपुरमा जारी उदयपुर गोल्डकप फुटबलको छैटौ संस्करमा मंगलबार गोर्खा ब्वाइज क्लब रूपन्देही विजयी भएको छ । थारुहट रंगशाला गाईघाटमा भएको खेलमा रूपन्देहीले सिएमसी क्लब संकटालाई २–१ ले पन्छायो । 

खेलको दोस्रो हाफको छैटौं मिनेटमा रूपन्देहीका फोफाना फोडेले गोल गरेर टोलीलाई अग्रता दिलाए । त्यसपछि २० औं मिनेटमा डेविलले थप्दै संकटामाथि थप दबाबमा कायम राखे । प्रतिस्पर्धामक खेलमा संकटाले लयमा समाउन कठिन भएको थियो । इन्ज्युरी समयमा संकटाले गोल फर्काएको थियो । तर थप ४ मिनेटमा संकटाका अमित तामाङले गरेको गोल सान्त्वनामा परिणत भयो । म्यान अफ द म्याच फोफाना घोषित भए ।

बुधबार पहिलो सेमिफाइनलमा एपीएफ क्लबले मोरङविरुद्ध खेल्ने आयोजक समितिका अध्यक्ष रामाकान्त चौधरीले जनाएका छन् ।


विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ जित्ने प्रतियोगितालाई एसियन थाई फुड्स प्रालि र गैंडाछाप उदयपुर सिमेन्टले प्रायोजन गरेका छन् ।

प्रकाशित : असार ३, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?