कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लहानलाई मेयर कप

सिरहा — प्रदेशस्तरीय प्रथम मेयर कप टी-२० क्रिकेटको उपाधि लहान स्पोर्टस् एकेडमीले जितेको छ । कर्जन्हा नगरपालिकाद्वारा आयोजित फाइनलमा लहानले महोत्तरी क्रिकेट क्लबलाई १८ रनले हरायो ।

टस जितेको लहानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । म्यान अफ द म्याच राजन रौनियारले अर्धशतकीय ५० रन जोडे । लहानका कुश मण्डलले २४, रामएकवाल यादवले १५ र कप्तान राकेश कामतले ११ रन बनाए । १ सय ४२ रनको लक्ष्य पाएको महोत्तरीले फितलो प्रदर्शन गर्दै १८.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटिएको थियो ।


लहानका तपेश्वर मुखिया बेस्ट बलर, राकेश कामत बेस्ट ब्याट्सम्यान र राजन म्यान अफ द सिरिज भएका छन् । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले विजेतालाई २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरे । उपविजेता महोत्तरीले १५ हजार ५ सय ५५ रुपैयाँ पायो ।

प्रकाशित : जेष्ठ ८, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?