कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टर सिटीको ऐतिहासिक सफलता

एएफपी

लन्डन — म्यानचेस्टर सिटीले शनिबार राति ऐतिहासिक सफलता चुम्दै इंग्लिस फुटबल इतिहासमा एकै सिजन तीन घरेलु उपाधि जित्ने पहिलो टिम भएको छ । 

पेप ग्वार्डिओलाको सिटिीले वेम्बलीमा भएको एफएकप फाइनलमा वाटफोर्डलाई ६-० ले हरायो । फेब्रवरीमा लिगकप जितेको सिटीले प्रिमियर लिगको उपाधि पनि सफलतापूर्वक रक्षा गरेको थियो ।


सिटीले सिजनको सुरुका कम्युनिटी सिल्ड पनि जितेको थियो । वाटफोर्डलाई हराउने क्रममा सिटीले प्रतियोगिताकै इतिहासमा सर्वाधिक ठूलो अन्तरको फाइनल जितलाई पनि बराबरी गरेको छ ।

फाइनलमा डेविड सिल्भाले सुरुआती अग्रता दिलाएयता ग्याब्रिएल जेसस र रहिम स्टर्लिङले दुई दुई गोल गरे । यस्तै केभिन डे ब्रुनको नाममा पनि एक गोल रह्यो ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?