गण्डकीलाई उपाधि

विप्लव भट्टराई

इलाम — गण्डकी प्रदेशले इलाममा सम्पन्न प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा झापा बिर्तामोडको विमान ट्रेडर्स भलिबल टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।

इलाममा आयोजित प्रथम इलाम आमन्त्रण भलिबल प्रतियोगिताको फाइनल जितेपछि उपाधिसाथ गण्डकी प्रदेश टिमका खेलाडी । तस्बिर : विप्लव/कान्तिपुर

भारतीय खेलाडीले भरिएको बिर्तामोडमाथि अनुभवी टिम गण्डकीले २५-१७, २५-१३ र २५-२१ को जित निकाल्यो । विजेता गण्डकीले १ लाख ५१ हजार र उपविजेता बिर्तामोडले ८१ हजार रुपैयाँ पाए । म्यान अफ द टुर्नामेन्ट गण्डकीका हरि पाण्डे घोषित भए । म्यान अफ द फाइनल बिर्तामोडका राजीव तमोर भए ।

सेमिफाइनलमा ताप्लेजुङको चुनौती पन्छाउँदै फाइनल प्रवेश गरेको गण्डकीले खारिएको खेल प्रस्तुत गरेको थियो । राष्ट्रिय टिममा समेत अनुभव बटुलेका खेलाडीसहित उत्रिएको गण्डकीले खेलको पहिलो सेटदेखि नै बिर्तामोडलाई दबाबमा राख्यो । नवचेतना भलिबल टिम बरबोटेविरुद्ध सेमिफाइनलमा जित निकालेको बिर्तामोडले भने अपेक्षाकृत खेल पस्कन सकेन । यो टिममा पनि भारतको राष्ट्रिय लिग खेल्नेसहित अनुभवी खेलाडी थिए ।

जिल्ला भलिबल संघको आयोजनामा मंसिर २६ गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए । जिल्लामा भलिबल गतिविधि सुस्ताएको अवस्थामा युवालाई यो खेलप्रति आकर्षण बढाउँदै विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष डाकप्रसाद गौतमले बताए । प्रतियोगितामा आयोजकसहित पाँचथरको त्रिवेणी युथ क्लब, झापा गाउँपालिका र चन्द्रगढी भलिबल क्लबको सहभागिता थियो ।

प्रकाशित : वैशाख २९, २०७६ २१:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फेवातालमा डरलाग्दो छाल

दीपक परियार

पोखरा — समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ । चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् । ताल किनारमा पार्किङ गरी राखिएका डुंगा डुबेका हुन् । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।

बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले उनीहरुको उद्धार गरे। हावाहुरी कम भएपछि डुंगा चालक आफ्ना डुबेका डुंगा निकाल्न खटिए। डुंगा चालक सुन्दर विकले यति धेरै डुंगा डुब्नेगरी पहिलोपल्ट छाल आएको बताए।

प्रकाशित : वैशाख २९, २०७६ २०:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×