२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विप्लव भट्टराई

विप्लव भट्टराईका लेखहरु :

हुलाक खारेजीको निर्णयविरुद्ध इलाममा कर्मचारीको आन्दोलन

सरकारले आगामी साउन १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि इलामका हुलाक कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

वडा कार्यालय पुग्नै ६ घण्टा पैदल

इलाम सम्झनेहरूको मगजमा आउँछ कान्लैकान्लामा हरियो चियाबारी, पहाडैपिच्छे घुम्ती काटेर बनाइएका चिल्ला सडक । चियाबारीको यो जिल्लामा सबै ठाउँ सुगम मात्र छैन । यस्तो बस्ती पनि छ जहाँ अझैसम्म न बाटो पुगेको छ न त बिजुली ।

पूर्वी पहाडकै ठूलो म्याराथन हुँदै, विजेताले २ लाख ५० हजार पाउने

पर्यटन सम्भावनालाई प्रचार गर्दै पर्यटकीय गतिविधिमा बढावा दिने उद्देश्यले इलाममा पहिलो पटक पूर्वी पहाडकै ठूलो म्याराथन प्रतियोगिता गरिने भएको छ । नयाँ वर्ष वैशाख १ मा हुने प्रतियोगिताको जोडतोडका साथ तयारी भइरहेको आयोजकले जनाएको छ ।

इलाममा रोपाइँ जात्रा [तस्बिरहरु]

कोभिड १९ का कारण दुई वर्ष रोकिएको परम्परागत रोपाइँ जात्रा बिहीबार इलाममा भव्यरुपमा मनाइएको छ । युवापुस्तामाँझ संस्कृति हस्तान्तरण गर्दै परम्परा थेग्ने उद्देश्यले रोपाइँ जात्रा निकालिएको हो । अघिअघि गोरु, हली र बाउसे अनि पछिपछि रोपारले धान रोपेझैं रोपाइँको झल्को दिने अभिनयले स्थानीयमात्र हैन टाढाबाट आएकालाई पनि मोहित बनाउने गरेको छ ।

नेपालको चियामा अंकुश लगाउने भारतको तयारी

नेपालबाट भारत निकासी हुने चियामा भारतीय पक्षले अंकुश लगाउने तयारी गरेको भन्दै सरोकारवाला सशंकित बनेका छन् । नेपालबाट जाने अरबौं रुपैयाँको चिया रोक्न भारत सरकार लागेको बताउँदै यसको समाधानका लागि राज्य पक्ष गम्भीर हुनु पर्ने उनीहरुको माग छ ।

चित्रवीरको संघर्ष

ह्वीलचियरको भरमा एक्लो जीवन जीउनु सन्दकपुर गाउँपालिका–४ मावुका ३७ वर्षीय चित्रवीर गुरुङको बाध्यता हो । सदरमुकामबाट २५ किलोमिटर उत्तरको विकट गाउँका उनी धेरै पटक मृत्यु नजिक पुगे । ६ पटकको शल्यक्रिया पछि पुनर्जीवन पाएका चित्रवीरको संघर्ष सामान्य छैन । उनी हातमुख जोर्नका लागि फोटो खिच्ने, स्टेसनरी चलाउने गर्छन् ।

टी बोर्डले बगानमै प्रशिक्षण दिने

चिया खेतीको विस्तार एवं प्रवर्द्धनमा अपेक्षित काम गर्न नसकेको आरोप खेपिरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड यति बेला कृषकको बगानसम्म पुगेर आवश्यक प्राविधिक ज्ञान दिने अभियानमा लागेको छ ।