कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेल्सी च्याम्पियन्स लिगमा छनोट

एजेन्सी

लन्डन — चेल्सी अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि आइतबार राति छनोट भएको छ । उसले शीर्ष चारमा रहन वाटफोर्डलाई ३–० ले हरायो । 

चेल्सी च्याम्पियन्स लिगमा छनोट

अर्को खेलमा आर्सनलले ब्राइटनस“ग १–१ को बराबरी खेलेपछि चेल्सी भाग्यमानी सावित भयो । चेल्सी ७१ अंक बटुल्दै तेस्रोमा छ । चौथोमा टोटनहमको ७० अंक छ र उसको पनि छनोट लगभग निश्चित जस्तै भएको छ ।


एक चरणको खेल बा“की रहेको स्थितिमा आर्सनलको ६७ अंक छ र गोल अन्तरमा टोटनहमभन्दा धेरै पछाडि छ । आइतबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले हर्डसफिल्डविरुद्ध १–१ को बराबरी खेल्यो ।

म्यानचेस्टर ६६ अंकमा छैटौंमा छ ।


प्रकाशित : वैशाख २३, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?