मुम्बई पुग्यो प्ले अफमा

एएफपी

मुम्बई — मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को बिहीबार राति भएको रोमाञ्चक खेलमा सनराइज हैदरावादलाई सुपर ओभरमा हराएको छ । 


निर्धारित २० ओभरको खेल टाइ भएपछि सुपर ओभरमा नतिजा आएको हो । मुम्बईले ९ रनको लक्ष्य तीन बलमै पूरा गरेको थियो । यस जितपछि मुम्बई प्ले अफका लागि छनोट भएको छ ।
यसअघि वानखडे स्टेडियममा दुवै टिम समान १ सय ६२ रनमा रोकिएको थियो ।

प्रकाशित : वैशाख २०, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

आर्सनल र चेल्सी दुवै बलियो

एजेन्सी

लन्डन — दुई इंग्लिस प्रिमियर लिग क्लब आर्सनल र चेल्सी युरोपा लिगको फाइनल पुग्ने बलियो स्थितिमा पुगेका छन् । आर्सनलले बिहीबार रातिको सेमिफाइनल पहिलो लेगमा भ्यालेन्सियालाई घरमा ३–१ ले हरायो । 

त्यसमा एलेक्ससान्द्र लाकाजेट्टीले दुई गोल गरे । अर्को खेलमा चेल्सीले जर्मन भूमिमा फ्रायन्कफर्टलाई १–१ को बराबरीमा रोक्न सफल रह्यो । चेल्सीका लागि पेड्रो रोड्रिग्वेजले निर्णायक सावित हुन सक्ने अवे गोल गरे ।

अब दोस्रो लेगको खेल अर्को साता हुनेछन् ।

प्रकाशित : वैशाख २०, २०७६ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्