कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्रोमा टोटनहम बलियो

एजेन्सी

लन्डन — टोटनहमले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति ब्राइटनलाई १-० ले हरायो र तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितपछि टोटनहमको ७० अंक भएको छ । 

तस्बिर : रोयटर्स

यो चौथोमा रहेको चेल्सीमाथि ३ अंकको अग्रता हो । टोटनहमका लागि एक मात्र गोल क्रिस्टियन एरिक्सनले ८८ औं मिनेटमा गरे ।हारले ब्राइनटनको रेलिगेसन तनाव अझ बढेको छ ।


मंगलबार रातिकै अर्को खेलमा वाटफोर्ड र साउथह्याम्पटनले १–१ को बराबरी खेले ।

प्रकाशित : वैशाख ११, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

डडेल्धुरामा बस दुर्घटना, ५ यात्रुको मृत्यु

डिआर पन्त

डडेल्धुरा — धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढीबाट मंगलबार साढे ३ बजे बझाङका लागि छुटेको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिएका छन् । 


उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको संख्या पनि यकिन भइसकेको छैन ।

सडकबाट करिव २ सयमिटर तल खसेको बस दुर्घटना हुनुको कारण ओभरलोड हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घाइते यात्रुका अनुसार बसमा ५० भन्दा बढी यात्रु थिए । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका लागि लगिएको छ ।

प्रकाशित : वैशाख ११, २०७६ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×