बार्सिलोना र आयाक्स सेमिफाइनलमा
पेरिस — बार्सिलोना र आयाक्सले मंगलबार राति युरोपेली च्याम्यिन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ । बार्सिलोनाले अन्तिम आठको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले हरायो ।
क्याम्प नुमा भएको खेलमा लियोनल मेसीले दुई तथा फिलिपे कोउटिन्होले एक गोल गरे । बार्सिलोनाले यसअघि पहिलो लेग १–० ले जितेको थियो र समग्रमा खेल ४–० ले आप्mनो पक्षमा पार्न सफल रह्यो ।
आयाक्सले भने क्रिस्टियानो रोनाल्डोको युभेन्टसलाई उसकै घरमा भएको दोस्रो लेगमा २–१ ले हरायो र समग्रमा ३–२ को अग्रता लियो । आयाक्सको घरमा भएको पहिलो लेग १–१ को बराबरीमा रहेको थियो ।
प्रकाशित : वैशाख ४, २०७६ ०७:२९प्रतिक्रिया