कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश सेमिफाइनलमा

राजु घिसिङ

(विराटनगर) — बंगलादेशले पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा बिहीबार भुटानलाई २—० ले पराजित गरेको छ । यससँगै तीन टिम रहेको समूह ‘ए’बाट एक खेल बाँकी छँदै नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् । सहिद मैदानमा भएको खेलमा बंगलादेशले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

साफ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश सेमिफाइनलमा

मौसुमी जाहनले ४७ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । कप्तान सबिना खातुनले ८५ औं मिनेटमा गोल गर्दै बंगलादेशको जित पक्का गरेकी थिइन् । लगातार दोस्रो हारसँगै भुटान साफ वुमेन्स च्याम्पियनसिप २०१९ बाट बाहिरियो । भुटानले साफ महिलाको इतिहासमा हालसम्म कुनै पनि खेल जितेको छैन । पाँचौं संस्करणको उद्घाटन खेलमा नेपालले मंगलबार भुटानमाथि ३—० को जित हात पारेको थियो ।


समूह ए को अन्तिम खेलमा शनिबार नेपाल र बंगलादेश भिड्नेछन् । सुरुको तीनपल्टको उपविजेता नेपाल र चौथो साफको फाइनल खेलेको बंगलादेशवीचको खेलले समूह विजेताको टुंगो लगाउनेछ ।

च्याम्पियनसिपअन्तर्गत् समूह बी मा रहेका श्रीलंका र माल्दिभ्सवीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : फाल्गुन ३०, २०७५ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?