डीपीएल : काठमाडौंले दोस्रो क्वालिफायर खेल्न अस्विकार गरेपछि महेन्द्रनगर फाइनलमा [भिडियो]

कान्तिपुर संवाददाता

धनगढी — काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुन लागेको दोस्रो क्वालिफायर्स खेल खेल्न अस्विकार (रिफ्युज टु प्ले) गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंले आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै डीपीएल क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको थियो।
शनिबार महेन्द्रनगरले सीवाइसी अत्तरियासँग फाइनल खेल्ने छ।
काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो ठोलीले नखेल्ने निर्णय गरेको बताए। उनले भने 'सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो गरेका छैनन्। मैदानको अवस्था पनि राम्रो छैन। फेरि हामी यो फ्रेन्चाइज लिग खेलेर आइसीसीइको अन्य खेल खेल्न जाने पनि होइन।'

फाइनलमा प्रवेश गरेपछि प्रतिक्रिया दिँदै महेन्द्रनगरका कप्तान :
बिहीबार काठमाडौंका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो। काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएको थियो।
प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेको थियो। काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए।
भारतीय यी खेलाडीले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिएका थिए। यस बाहेक १५३ रन पनि बनाएका थिए।
खेल नै नखेली महेन्द्रनगर कसरी पुग्यो फाइनल :

प्रकाशित : फाल्गुन १०, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

नेकपाको एकता कार्यदल भंग, सचिवालयले नै सांगठनिक एकता प्रस्तावको खाका कोर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठन भएको एकता कार्यदललाई भंग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो ।

तस्बिरः याम पाण्डेको फेसबुकबाट साभार ।

बिहीबारदेखि सुरु भएको छलफलमा कार्यदलको संयोजक रहेका गृहमन्त्री रामबहादुर थापाले एक साता समय थप गर्न माग गरेका थिए । थापाको मागमा कार्यदलका अन्य सदस्यहरु पनि सहमत थिए । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने हिजो नै कार्यदल भंग गर्ने मनसाय व्यक्त गरेका थिए ।

अन्तिम प्रतिवेदन नबुझाउँदै एकता कार्यदल भ‌ंग भएपछि अब शीर्ष नेताहरु रहेको सचिवालयले नै सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने भएको छ ।

शुक्रबारको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीकै प्रस्तावअनुसार निर्णय भएको हो ।

'अब एकता प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ,' बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

गृहमन्त्री थापा संयोजक रहेको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य थिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन । स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै गइरहेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्