कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बी डिभिजन लिग आजदेखि

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक बी डिभिजन लिग शुक्रबार सुरु हुँदै छ । बढुवा र घटुवा नहुने लिगमा सहभागी टिममा खासै रौनक देखिएको छैन । १२ टिमलाई दुई समूहमा बाँडेर राउन्ड रोबिन प्रणालीमा लिग हुनेछ ।

एक टिमले समूहमा ५ खेल खेल्नेछन् । दुवै समूहको शीर्ष दुई टिमले फाइनल चरण खेल्नेछन् । फाइनल चरण पुगेका टिमले समूह चरणमा पाएको अंक गणना हुने छैन ।


लिगको समूह ‘ए’ मा झम्सिखेल युथ क्लब, रानीपोखरी कर्नर टिम (आरसीटी), श्री कुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युथ र ब्वाइज युनियन क्लब छन् । समूह ‘बी’ मा टुसाल युथ, पुल्चोक स्पोर्ट्स, मध्यपुर युथ एसोसिएसन, खुमलटार युथ, बाँसबारी र श्री भगवती क्लब छन् ।


उद्घाटन खेलमा शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा झम्सिखेल र ब्वाइज युनियनबीच हुनेछ । विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । तेस्रो र चौथो हुने टिमले क्रमश: ३ र २ लाख पाउनेछन् । विधागततर्फ उत्कृष्ट ५ खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


करिब १ करोड ५० लाख बजेटको लिगका सबै टिमले ७ लाख तयारी खर्च पाउँछन् । रेलिगेसन व्यवस्था नभए पनि पुछारका दुई टिमलाई अर्को वर्ष १ अंक कारबाही गरिनेछ भने तयारी खर्चवापतको ५० हजार रुपैयाँ खोसिने छ ।

प्रकाशित : माघ २५, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?