कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीएल खेलतालिका : सुरुमै धनगढीविरुद्ध विराटनगर

काठमाडौँ — धनगढी स्टार्स र विराटनगर किंग्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको पहिलो खेल खेल्ने भएका छन् ।

डीपीएल खेलतालिका : सुरुमै धनगढीविरुद्ध विराटनगर

डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले माघ २६ देखि धनगढीस्थित फाप्ला मैदानमा हुने प्रतियोगिताको खेलतालिका शनिबार सार्वजनिक गरेको छ ।


यसअघि टिम चौराह धनगढीको नामबाट खेल्दा दुवैपल्ट घरेलु टोलीले उपाधि जितेको थियो । त्यसक्रममा पहिलो संस्करण फाइनलमा धनगढीले विराटनगरलाई नै हराएको थियो । कृष्ण बोहराको समूहले यसको स्वामित्व लिएपछि टोलीको नाम पनि परिवर्तन गर्दै धनगढी स्टार्स राखिएको छ । धनगढी सोमपाल कामीको नेतृत्वमा खेल्दै छ । विराटनगरको रणनीतिक खेलाडीमा करण केसी छन् ।


दोस्रो दिन माघ २७ मा महेन्द्रनगर युनाइटेड र गत वर्षको उपविजेता काठमाडौं गोल्डेन्सबीच खेल हुनेछ । सोही दिन अर्को खेलमा विराटनगरले सीवाईसी अत्तरियाको सामना गर्नेछ । रूपन्देही च्यालेन्जर्सले तेस्रो दिन आफ्नो पहिलो खेल खेल्दा महेन्द्रनगरको सामना गर्नेछ भने काठमाडौं र धनगढीबीच अर्को खेल हुनेछ ।


अन्तिम तीन खेलमा फागुन ४ मा अत्तरियाले महेन्द्रनगर, धनगढीले रूपन्देही र अत्तरियाले काठमाडौंसँग खेल्ने छन् । ६ फ्रेन्चाइज टोलीले राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले प्लेअफ खेल्ने छन् । त्यसका शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्नेछन् र विजेता फाइनल पुग्नेछ । तेस्रो र चौथो हुने टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन र विजेता टोलीले क्वालिफायर १ को पराजित टोलीसँग फाइनलमा पुग्न खेल्नेछ ।

प्रकाशित : माघ २०, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?