कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सुदूरपश्चिममा आज भुवा पर्व बिदा 

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमवासीको मौलिक पर्व भूवाका अवसरमा सार्वजनिक बिदा दिइएको हो । यस प्रदेशमा भुवा पर्व धुमधामका साथ मनाउने प्रचलन छ ।

सुदूरपश्चिममा आज भुवा पर्व बिदा 

भुवा पर्व सुदूरपश्चिममा दशैंतिहारपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गरिएको छ । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ । पु

स महिनाको चतुर्दशी तथा औंसीको अघिल्लो रातबाट दाउराका मुडा बालेर भुवा पर्व सुरु गरिन्छ । भुवा पर्वलाई भस्सो पनि भन्ने चलन छ । दौरा सुरुवालमा सजिएर हातमा ढाल तरबार लिएर दमाहाको बाजामा भुवा खेल खेलिन्छ । यस अवसरमा गाउँभरिका मान्छे एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राति धुनी जगाउन काठका ठूला ठूला मुडा बाल्ने चलन छ ।

विशेषगरी बाजुरामा मनाइने भुवा पर्व पछिल्ला वर्षमा प्रदेश राजधानी धनगढीमा पनि मनाइँदै आएको छ । यस वर्ष बाजुरेली सेवा समाजले बिहीबारदेखि धनगढीमा प्रतियोगितात्मक भुवा चाली खेलको पनि आयोजना गर्न लागेको समितिका सचिव भरत केसीले बताए । ‘भुवा पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न तीन दिने प्रतियोगितात्मक खेलको आयोजना गरेका हौं,’ केसीले भने ‘भुवा पर्वलाई धुमधामसँग मनाउन धनगढीस्थित कभर्डहलमा देउडासहितका विभिन्न कार्यक्रम राखेका छौं ।’

प्रकाशित : पुस २६, २०८० ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×