१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुँदै

ज्योति कटुवाल

सुर्खेत — वीरेन्द्रनगरमा मंगलबार ‘कर्णाली साहित्य महोत्सव’ हुँदैछ । फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीको आयोजनामा सञ्चालन हुने एक दिने साहित्य महोत्सवमा पढ्न संकृतिबारे बहस विमर्श, पुस्तक प्रदर्शनी र लेखन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुँदै

कर्णाली साहित्य महोत्सव सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरुसँगको समन्वय र सहकार्यमा कर्णालीमा पहिलो पटक गर्न लागिएको हो ।

महोत्सवको उद्घाटन कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गर्ने कार्यक्रम रहेको छ । साहित्य महोत्सवका संयोजक नवराज केसीले कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकासमा यसले टेवा पुर्‍याउने बताए ।

‘महोत्सवमा कर्णालीका बारेमा विभिन्न विधामा लेखिएका पुस्तकहरुको खोजी, संकलन र प्रर्दशनी गरिनेछ, लेखक र पाठकसँग सम्बन्ध विस्तार हुनेछ,' उनले भने, ‘कर्णालीमा लेख्ने, प्रकाशन गर्ने र पढ्ने परिपाटीलाई प्रेरित गर्दै पठन संस्कृतिकको विकास गर्ने उद्देश्य राखिएको छ ।’

महोत्सवका आयोजकसमेत रहेका लेखक माधव चौलागाईले साहित्य महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त लेखकहरुलाई आमन्त्रण गरिएको जानकारी दिए । महोत्सवले पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्ने बताइएको छ ।

साहित्यकार देवकी तिमिल्सेनाले खस भूमि कर्णालीमा आयोजना हुने कर्णाली साहित्य महोत्सवले विश्व पुस्तक दिवसको अवसर पारेर हरेक वर्ष बैशाख ११ गते निरन्तरता दिने बताइन् ।

प्रकाशित : वैशाख १०, २०८१ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?