कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कालीकोटमा बाघ-बिरालो मेला

कालिकोट — नयाँ वर्षको  आगमनसँगै हरेक वर्ष शुभकालिका-३ भर्ता भाउसैन गाउँमा आयोजना हुने बाघ बिरालो मेला सम्पन्न भएको छ । पुर्खौदेखि चल्दै आएको मेलामा भाउसैन गाउँका ७४ घरधुरी अधिकारी खलकले बाघ बिरालो मेला आयोजना गरेर परम्परालाई निरन्तरता दिँदै आएका छन् । वैशाख १ गते तागाको दिन स्थानीय लोकेन्द्र अधिकारी बाघ बनेका थिए भने भूपेन्द्र अधिकारी बिरालो । 

कालीकोटमा बाघ-बिरालो मेला

एक सातदेखि घर आँगन लिपपोत गरेर चोखो खाना खाएर वैशाख १ गतेका दिन अधिकारी परिवारका दुई खलकमध्ये कर्मकाण्ड गरेका मध्येबाट जेठो सन्तानपट्टिको बाघ बन्ने र कान्छो पट्टिको बिरालो बनेर जिउलोमा कुद्ने र त्यही गाउँँका अरुले भेटाएर समातेपछि बाजागाजासहित ७४ घरधुरीमै पुगेर नाचगान गर्दै धूमधामले पूजाआजा गर्ने चलन रहेको जनज्योति माविका शिक्षक भरत अधिकारीले बताए ।

'विन्द्रासैनी देवीको खुशीका लागि बाघ र बिरालो बनेर कुद्ने चलन छ,' उनले भने, 'पुर्खौदेखि हरेक वर्ष नयाँँ सालको दिन भर्तामा बाघ बिरालो मेला लाग्ने गरेको छ ।' अधिकारी परिवारकै अगल-अलग परिवारबाट बाघ बिरालो बन्ने र अरुले लखेटेर समातेपछि धूमधामले बाजा बजाउँदै घरघरमा पुगेर पूजा गर्ने गरिन्छ । बाघ र बिरालो बनाएर पूजा गरे पशुवस्तुको रक्षा हुने र गाउँँमा पनि रोगब्याधिको डर नहुने जनविश्वास छ ।

गाउँँको सिरानमा रहेको विन्द्रासैनी देवीको क्षेत्रपाल मष्टोको थान (मन्दिर) भर्ताका अधिकारीको कूलदेवता भएकाले प्रत्येक वर्ष नयाँ वर्षको दिन बाघ बिरालो पर्व (मेला) आयोजना हुने गरेको खडानन्द अधिकारीले जानकारी दिए । मेला हेर्न भर्ता गाउँ आसपासका अन्य जातजातिका ब्यक्तिहरु आए पनि बाघ बिरालो बन्ने र समात्न पाउने अधिकार अधिकारी परिवारका सदस्यलाई मात्र छ ।

एक सात अघिदेखि देवताको मन्दिर लिपपोत गरेर रंगरोगन गर्ने गरिन्छ । अधिकारी परिवारको सन्तानमध्ये जेठोलाई बाघ बनाउने र कान्छो सन्तान तर्फकोलाई बिरालो बनाएर लखेट्ने गरिन्छ । यसरी लखेट्दा कसैको बालीनाली नष्ट गरे पनि गाली गर्न नपाइने परम्परा छ । मेला हेर्न आएका दर्शकले हुटिंग गरे पनि बाघ बिरालो बनेको ब्यक्तिलाई सम्पत्ति पाउँदैनन् ।

बाघ र बिरालो बनेको ब्यक्तिले सेता कपडाको लगौटी मात्र लगाएर कुदेर गाउँको पुछारमा रहेको भर्तागाड खोला तरेर पारी गए त्यो वर्ष पशुवस्तुमा क्षति हुनुको साथैै गाउँमा पनि अनिष्ट हुने विश्वास छ भने खोला वारी नै समात्न सके बाजागाजासहित नाचगान गर्दै प्रत्येक घरबाट दक्षिणा दिने चलन छ । यो परम्पराले समाजलाई एकतामा बाध्न सघाएको छ । स्थानीय समाजसेवी टेकवहादुर शाहीले भने नयाँँ वर्षमा रमाइलो पनि हुने भएकाले वर्षभरि नै रमाइलो गर्दै समय बित्ने जनविश्वास छ ।

प्रकाशित : वैशाख ३, २०८१ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?