कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रोहिणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा  

सन्जु पौडेल

तिलोत्तमा — तिलोत्तमा, असार १० । रुपन्देहीको रोहिणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा भएको छ ।

रोहिणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा  


राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ मुनिका सम्पूर्ण बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चितता दिगोपना घोषणा गरिएको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवासप्रसाद चौधरीले बताए । पूर्ण खोप पालिका घोषणा र दिगोपनाको अवस्थाको समीक्षा गर्ने, पालिकास्तरीय खोप सुक्ष्म योजना, दिगोपनाको योजना बनाउने र पूर्ण खोप सुनिश्चितताको लागि स्थानीय तह स्वास्थ्य संस्था र अन्य साझेदार तहको भूमिकामा साझेदारी र जिम्मेवारी बाँडफाँड गर्ने पूर्ण खोप सुनिश्चितता दिगोपनाको उद्देश्य रहेको उनले जानकारी दिए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले चेतनाको कमी भएको पालिकामा मानिसको घर घर पुगेर अभियान नै चलाई यो सफलता हासिल गर्न सकिएको जनाए । उनले पालिकाले हरेक नागरिकलाई स्वस्थ राख्न र स्वास्थ्य सम्बन्धी हरेक आवश्यकता सहजै प्राप्त गर्ने वातावरण बनाउन लागिपरेको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । उनले स्वस्थ्य क्षेत्रमा पालिकालाई यो उपलब्धि दिलाउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको आवश्यक माग पूरा गर्न पालिका प्रतिबद्ध रहेको समेत बताइन् ।

प्रकाशित : असार १०, २०८१ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×