भन्सार छलेर भित्र्याइएको ३२ लाख रुपैयाँबराबरको सामान बरामद

रुपा गहतराज

बाँके — भन्सार छलेर भित्र्याइएका विभिन्न सामानहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वार्टर बाँकेले बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरीको टोलीले झन्डै ३२ लाख रुपैयाँबराबरको सामान बरामद गरेको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीले जानकारी दिए  ।  

भन्सार छलेर भित्र्याइएको ३२ लाख रुपैयाँबराबरको सामान बरामद

खजुरा गाउँपालिका–६ स्थित सिमलघारीमा चेकिङका क्रममा बरामद भएका सामानमा झन्डै १४ लाख रुपैयाँबराबरको कपडा, ५ लाख रुपैयाँबराबरको काँस पित्तलका भाँडा र मूर्ति तथा सजावटका सामान रहेका छन् ।

ट्रक चालकसहित दुई जनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–५ बस्ने ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको पनि भारतीले बताए ।

प्रकाशित : मंसिर २९, २०८० १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x