२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पश्चिम नवलपरासीमा रगत अभाव 

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा रगत अभाव भएको छ । रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो । जसका कारण कतिपय  बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ ।

पश्चिम नवलपरासीमा रगत अभाव 

अहिले दैनिक १५ पिन्टसम्म रगतको माग हुने गरेको छ तर रक्तसञ्चार केन्द्रमा दैनीक १० पिन्टभन्दा बढी रगत उपलब्ध नभएको रक्तसञ्चार केन्द्र परासीका संयोजक सुरज केसीले बताए ।

रगत सकिएपछि आकस्मिक रूपमा रक्तदान गरेर रगत संकलन गरिँदै आएको छ । बुटवल–भैरहवाबाट समेत माग आउने गरेकाले रगतको अभाव बढेको हो ।

दुर्लभ समूहको रगतका लागि मानिसलाई नै सम्र्पकमा राखिने गरेको छ भने अन्य गु्रपका रगत रक्तसञ्चार केन्द्रमा स्टकमा राख्ने गरिएको छ । अहिले बिरामीको चाप बढेको र रक्तदानका कार्यक्रम नभएका कारण बिरामीलाई रगत उपलब्ध गराउन हम्मेहम्मे परेको संयोजक केसिले बताए ।

रगतको अभाव हुन नदिन सबैमा रक्तदान गर्न रक्तसञ्चार केन्द्रले आग्रह गरेको छ । विशेषगरी सीमावर्ती पालिकाबाट रगतको माग बढी भए पनि स्थानीयले सचेतनाको अभावमा ग्रामीणभेगका बासिन्दाले रक्तदान गर्न आनाकानी गर्ने गरेका छन् ।

प्रकाशित : असार ५, २०८० १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?