कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही माग गर्दै स्वास्थ्यकर्मी विरोधमा 

अमृता अनमोल

बुटवल — अस्पतालभित्रै चिकित्सकमाथि हातपात हुँदा पनि बेवास्ता गरेको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा स्वास्थ्यकर्मी विरोधमा उत्रिएका छन् ।

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही माग गर्दै स्वास्थ्यकर्मी विरोधमा 

पुस १० गते अस्पतालका चिकित्सक शिव अर्यालमाथि हातपात भएको थियो । चिकित्सकका अनुसार सैनामैना नगरपालिका सालझण्डीबाट करिब ६० वर्षीया पार्वती सुनारको उपचारका लागि आएका छोरा अनुराग रसाइलीले राति ११ बजे डा. अर्यालमाथि हातपात गरेका थिए । छोरा हिमाल रसाइली र पति भेषबहादुर सुनारले गालीगलौज गरेका थिए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नेत्र रानाका अनुसार आकस्मिक कक्षमा ल्याइएकी सुनार मधुमेग, उच्च रक्तचाप र मुटुको बिरामी थिइन् । उनको अक्सिजन लेभल घटेर ५० पुगेको थियो । अत्यन्तै गम्भीर बिरामी भएको र अस्पतालमा आईसीयू खाली नभएको बताउँदै चिकित्सकले उनलाई भैरहवा वा अन्य स्थानमा लैजान सुझाव दिएका थिए । त्यसपछि आफन्त आवेशमा आएर हातपात गरेको डा. रानाले बताए ।

अस्पतालमा उपचारमा आएका हातपात गर्नेविरुद्ध कानुनी कारबाहीको माग गर्दै अस्पताल प्रशासनले पुस १२ मा इलाका प्रहरी कार्यालय बुटवलमा पत्राचार गरेको थियो । जानकारी दिएको ४ दिन बित्दासम्म प्रहरीले पीडकलाई कुनै कानुनी कारबाही नगरेको भन्दै चिकित्सकले बिहीबार विरोध प्रदर्शन गरेका हुन् ।

विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पताल प्रशासनबाहिर एक घण्टा ‘अस्पताल, चिकित्सक सुरक्षित छैनन्’ भन्ने प्लेकार्ड बोकेर धर्ना दिए । टोलीले प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरलाई भेटी कानुनअनुसार कारबाहीको माग गरेको नेपाल चिकित्सक संघ रुपन्देही अध्यक्ष डा. इन्द्र ढकालले बताए ।

चिकित्सकको भेटपछि डिएसपी राठौरले दुवै पक्षको कुरा सुनेर त्यसअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

प्रकाशित : पुस १६, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?