कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् विघटनको विरोधमा बर्दियामा प्रदर्शन

कमल पन्थी

बर्दिया — संसद् विघटन असंवैधानिक भएको भन्दै शुक्रबार नेकपा (दाहाल-नेपाल) निकट विद्यार्थी लगायत जनवर्गीय संगठनले सदरमुकाम गुलरियामा प्रदर्शन गरेका छन् । 

संसद् विघटनको विरोधमा बर्दियामा प्रदर्शन

गुलरियाको आँप बगैंचाबाट निस्केको जुलुस बजार परिक्रमा गर्दै राधाकृष्ण चोकमा कोणसभामा परिणत भएको थियो । सहभागीले असंवैधानिक कदम खारेज गर, प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दे, प्रतिगामी कदम मुर्दावाद लगायतका नारा लगाए ।

कोणसभामा जिल्ला राष्ट्रिय युवा संघ बर्दियाका अध्यक्ष जंगबहादुर चौधरी, अनेरास्ववियुका अध्यक्ष रेशम अधिकारी लगायतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकोले त्यसविरुद्ध आन्दोलनमा उत्रेको बताएका छन् ।

प्रकाशित : पुस १०, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?