कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राउन सुगरसहित एक पक्राउ

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँके प्रहरीले ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका १२ चप्परगौडीका ४५ वर्षीय इन्द्रमणी गौतम ४४ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर ११ एनटीभी रोडबाट पक्राउ परेका हुन् । 

ब्राउन सुगरसहित एक पक्राउ

प्रहरीले उनको साथबाट लागू औषध तौल गर्ने सानो डिजिटल मेसिनसमेत बरामद गरेको छ । बाँके प्रहरीले लागूऔषध नियन्त्रण महाअभियान सञ्चालन गरेपछि कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

कोहलपुर नगरपालिकाका एनटीभी रोडमा लागू औषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाबाट खटिएको प्रहरी टोलीले गौतमलाई तलासी लिने क्रममा पाइन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडियामा लुकाएर राखिएको ब्राउन सुगर बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका गौतम यसअघि पनि जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

प्रकाशित : पुस ४, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?