कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा उपचाररत गुल्मीका संक्रमितको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पामा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गुल्मीको रेसुंगा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

मंसिर २५ गते लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनमा २६ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको परिवारले जनाएको छ ।

प्रकाशित : पुस १, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?