कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा कोरोनाबाट ६६ वर्षीया महिलाको मृत्यु

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–१३ की ६६ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

पाल्पामा कोरोनाबाट ६६ वर्षीया महिलाको मृत्यु

लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा आइतरबा ती महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक महिलामा श्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो ।

मंसिर २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको र उपचारका क्रममा निधन भएको हो । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रकाशित : मंसिर २९, २०७७ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?