कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट कपिलवस्तुमा थप एकको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरस संक्रमणले कपिलवस्तु नगरपालिका–३ अदालत टोलका ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

कोरोनाबाट कपिलवस्तुमा थप एकको मृत्यु

उनको सोमबार भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना भाइरस नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मंसिर २५ गते गएका थिए । त्यहाँ उनको कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।

थप उपचारका लागि मंसिर २६ गते उनी भीम अस्पताल भर्ना भएका थिए । उनी दमका बिरामी थिए । जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रकाशित : मंसिर २९, २०७७ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?