कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीम अस्पतालमा उपचाररत सैनामैनाका संक्रमितको मृत्यु

अमृता अनमोल

बुटवल — रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत सैनामैनाका कोरोना संक्रमितको मृत्यु भएको छ ।

भीम अस्पतालमा उपचाररत सैनामैनाका संक्रमितको मृत्यु

७३ वर्षीय ती व्यक्तिको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।

अस्पतालका अनुसार उनलाई मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी २२ गते अस्पताल भर्ना भएका थिए । आठ वर्षअघि मुटुको शल्यक्रिया गराएका ती व्यक्ति उच्च रक्तचाप, मधुमेहका दीर्घरोगीसमेत रहेको सूचना अधिकारी पोखरेलले बताए ।

प्रकाशित : मंसिर २४, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?