कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा बस पल्टिँदा ३४ घाइते

कमल पन्थी

बर्दिया — नेपालगञ्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस शुक्रबार पल्टिँदा ३४ जना घाइते भएका छन् । तीमध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बर्दियामा बस पल्टिँदा ३४ घाइते

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार दुर्घटना गुलरिया नगरपालिका—१ खैरापुरमा भएको हो । घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइतेमध्ये गेरुवा गाउँपालिका—६ की अन्दाजी ५५ वर्षीया माण्डवी थापा, मधुवन नगरपालिका—२ का ६८ वर्षीय जोखन थारु र गुलरिया नगरपालिका—४ का ५२ वर्षीय राम शंकर थारुलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।

तीव्रगतिमा चलाएको बस अनियन्त्रित भई पल्टेको हो । बस चालक फरार रहेको प्रहरीले जनायो ।

प्रकाशित : मंसिर १९, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?