कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

गुलरियामा बस दुर्घटना हुँदा ३४ जना घाइते

कमल पन्थी

बर्दिया — नेपालगन्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस पल्टिँदा शुक्रबार साँझ ३४ जना घाइते भएका छन् । तीमध्ये तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गुलरियामा बस दुर्घटना हुँदा ३४ जना घाइते

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार दुर्घटना गुलरिया नगरपालिका—१ खैरापुरमा भएको हो ।

घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइतेमध्ये गेरुवा गाउँपालिका—६ की अन्दाजी ५५ वर्षीया माण्डवी थापा, मधुवन नगरपालिका—२ का ६८ वर्षीय जोखन थारु र गुलरिया नगरपालिका—४ का ५२ वर्षीय रामशंकर थारुलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताए । तीव्र गतिमा गुडाइएको बस अनियत्रित भइ पल्टेको र बस चालक फरार रहेको प्रहरीले जनाएकाे छ ।

*अध्यावधिक गरिएको

प्रकाशित : मंसिर १९, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?