कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा टिपरको ठक्करबाट कारमा सवार दुईको मृत्यु, ३ घाइते

कमल पन्थी

बर्दिया — बर्दियामा बिहीबार दिँउसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गुलरियाबाट भुरीगाउँतर्फ गइरहेको बा १६ च नम्बरको कारलाई ढोढरीबाट गुलरियातर्फ आइरहेको ना ८ ख ३१४ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

हुलाकी सडक अन्तर्गत मधुवन नगरपालिका माचर चोकमा दुर्घटना हुँदा कारमा सवार गुलरिया नपा—४ का २३ वर्षीय सुरेन्द्र गोडिया र भिमदत्त नगरपालिका वडा नम्बर नखुलेको १८ वर्षीय निधि सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापाले बताए ।

यस्तै, कारमा सवार चालक गुलरिया—४ का मनोज लोनिया, भिमदत्त नगरपालिकी कमला सुनार र सोही ठाउँकी कृतिका सुनार गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक थापाले जनाए । टिपर चालक कोहलपुर—६ रझेनाका रमेश थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २० किमी पश्चिममा पर्दछ ।

प्रकाशित : मंसिर १८, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?