बर्दिया निकुञ्जमा शव फेला



बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको लालमटियामा पहिचान नखुलेको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय, भुरीगाउँ बगनाहाका अनुसार निकुञ्जको ठाकुरबाबा नगरपालिका—२ लालमटियास्थित सडेको अवस्थामा शव फेला परेको हो ।
ईप्रका भुरीगाउँका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार शवको प्रकृति हेर्दा पुरुषजस्तै देखिएकोले बुधबार शव परीक्षणका लागि बर्दिया अस्पताल पठाइएको छ ।
प्रकाशित : मंसिर १७, २०७७ १६:४४