कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीम अस्पतालमा गुल्मीका कोरोना संक्रमितको मृत्यु

अमृता अनमोल

बुटवल — भैरहवास्थित भीम अस्पतालमा थप एकजना कोरोना संक्रमीतको मृत्यु भएको छ ।

भीम अस्पतालमा गुल्मीका कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–३ का ९८ वर्षीय पुरुष हुन् । उनको राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताए ।

मंसिर ११ गते कोरोना पोजिटिभ देखिएका उनलाई मंसिर १२ मा भीम अस्पतालमा भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?