कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट दाङमा थप एक महिलाको मृत्यु

दुर्गालाल केसी

दाङ — कोरोना भाइरस संक्रमणका कारण कोरोना विशेष अस्पताल बेलझुण्डीमा आइतबार एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १० की ६९ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । 

कोरोनाबाट दाङमा थप एक महिलाको मृत्यु

कोरोनासँगै निमोनिया रोगबाट ग्रस्त ती महिलाको मंसिर ४ देखि आइसियूमा राखेर उपचार भैरहेकोमा आइतबार दिउँसो मृत्यु भएको वलीले बताए । ती महिलासहित कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको उनले जानकारी दिए । जिल्लाभर भने मृतकको संख्या ३० पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

प्रकाशित : मंसिर १४, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?