भीम अस्पतालमा कोरोनाबाट थप एक जनाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीम अस्पतालमा कोरोनाबाट थप एक जनाको मृत्यु

कान्तिपुर संवाददाता

रुपन्देही — रुपन्देहीको भीम अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिला रहेका अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।

उनका अनुसार बिहीबार राति १२ बजे अस्पताल ल्याइएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको र राति १२ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

प्रकाशित : मंसिर १२, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

त्रिभुवन विमानस्थलमा एनसेल सेन्टर

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा आफ्नो नयाँ एनसेल सेन्टर सुरु गरेको छ ।

एनसेलले कोभिड–१९ को समयमा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूबारे सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङबारे जानकारी लिन सक्छन् ।

प्रकाशित : मंसिर १२, २०७७ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×