कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुक्मिणी अस्पतालका सञ्‍चालक पुर्पक्षका लागि कारागार चलान

हरि गौतम

रुकुम पूर्व — रुकुमकोटमा सञ्चालित रुक्मिणी हस्पिटलका सञ्चालक प्रकाश नेपाली पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

अवैध गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएको प्रकरणमा सञ्चालक नेपालीलाई पनि रुकुमकोट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले अस्पतालकी अर्का सञ्चालक अरुणिमा बुढाथोकीलाई भने तीन लाख धरौटीमा छाड्ने आदेश गरेको छ

फरार सूचीमा रहेका उनीहरु केही दिनअघि आफै अदालतमा उपस्थित भएका थिए । अदालतले यसअघि उक्त अस्पतालमा कार्यरत डा. रुपेशकुमार सिंह र ती महिलाका प्रेमी गणेश घर्तीलाई पुर्पक्षका लागि कारागार पठाइसकेको छ ।

गत साउन २० गते अवैध रुपमा गर्भपतन गराउँदा २६ वर्षीया पुष्पा घर्तीको मृत्यु भएको थियो । चिकित्सकले अवैध रुपमा गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएर पुष्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । पुष्पाको मृत्यु भएपछि उनका प्रेमी गणेश र डा. सिंह पक्राउ परेका थिए । सोही क्रममा फरार सूचीमा रहेका नेपाली र बुढाथोकी आफै अदालत उपस्थित भएका थिए ।

प्रकाशित : मंसिर ११, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?