कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

दुर्गालाल केसी

दाङ — हजुरआमाको हत्या अभियोगमा दाङमा एकजना पक्राउ परेका छन् । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया केशरी घर्तीलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनका नाति २८ वर्षीय जीवन घर्तीलाई पक्राउ गरेको छ ।

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

सोमबार बिहान चिर्पट प्रहारबाट घाइते भएकी घर्तीको उपचारका क्रममा राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । जीवनले चिर्पट प्रहार गरेर २८ वर्षीया श्रीमती बसन्ती घर्ती, ९ बर्षीय छोरा वसन्त, ६ बर्षीया छोरी लक्ष्मी र ३० वर्षीय दाजु खिमबहादुरलाई पनि घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको बुटवलमा उपचार भैरहेको छ ।

परिवारका सदस्य सुतिरहेको समयमा बिहान अँध्यारैमा जीवनले एक्कासि सबैलाई चिर्पट प्रहार गरेको प्रहरीले बताएको छ । उनको मानसिक अवस्था ठिक नभएको बुझिएको प्रहरीले जानकारी दिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताएका छन् ।

प्रकाशित : मंसिर ९, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?