कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मालपोतका सुब्बा र सहयोगी घूससहित पक्राउ

दुर्गालाल केसी

दाङ — मालपोत कार्यालय तुलसीपुरका नायब सुब्बा र कार्यालय सहयोगी घूसहित पक्राउ परेका छन् ।

मालपोतका सुब्बा र सहयोगी घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले शुक्रबार कार्यालयको तामेली फाँटमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई कार्यालयबाटै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुले नापी नभएको जग्गाको नापनक्सा बनाई पुर्जा बनाइदिने भन्दै घूस रकम मागेको गोप्य सूचनाको आधारमा गएको टोलीले ३ लाख २० हजार नगदसहित पक्राउ गरेको अख्तियारले जनाएको छ । पक्राउ परेकालाई नेपालगञ्ज कार्यालयमा राखेर अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ६, २०७७ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?