कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलको कोरोना अस्पतालमा थप २ जनाको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलोत्तमा २ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका १ का ६६ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

बुटवलको कोरोना अस्पतालमा थप २ जनाको मृत्यु

उनका अनुसार मंसिर २ गते पीसीआर पोजिटिभ आई अस्पतालमा भर्ना भएका तिलोत्तमाका पुरुषको शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो, मुटुरोग, दम र मधुमेहको समस्या थियो ।

त्यस्तै, रेसुंगा १ का पुरुष गत कात्तिक २७ गते पोजिटिभ नतिजा आई २८ गते अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो ।


प्रकाशित : मंसिर ५, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?