कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँके प्रहरीको हिरासतमा रहेका थुनुवा मृत फेला

रुपा गहतराज

नेपालगन्ज — जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका एक थुनुवा शुक्रबार बिहान मृत फेला परेका छन् । शौचालयमा पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो ।

बाँके प्रहरीको हिरासतमा रहेका थुनुवा मृत फेला

डुडुवा गाउँपालिका–३ का २४ वर्षीय बाबुलाल रैदास हिरासत कक्षको शौचालयको झ्यालको डन्डीमा टाउकोमा बाँधेको कपडाले पासो लगाको अवस्थामा मृत भेटिएको डीएसपी सुवास खड्काले बताए ।

वनकट्टीमा भएको बालक अपहरण तथा हत्याकाण्डका अभियुक्तमध्येका एक उनी अभद्र व्यवहार मुद्दामा कात्तिक १४ देखि हिरासतमा थिए । डीएसपी खड्काका अनुसार रैदासमाथि कर्तव्य ज्यान मुद्दामा समेत अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको थियो ।

तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहमा आबद्ध रहेर रैदासले विभिन्न आपराधिक क्रियाकलाप गर्दै आएका थिए । उनी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ८ वर्ष जेल सजाय पाएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?