कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका पाल्पा इन्चार्जसहित दुई नेता पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलबाट बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज ४१ वर्षीय पूर्णबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द समूहका पाल्पा इन्चार्जसहित दुई नेता पक्राउ

बिहीबार बिहान बुटवल ७ दीपनगरबाट सिंहसहित पाल्पा जिल्लाका सदस्य मिनबहादुर आलेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीतसिंह राठौरले बताए । उनीहरुको साथबाट विभिन्न पुस्तक, सदस्यता नवीकरण पत्र र सिमसहित एक थान मोबाइलसमेत जफत गरिएको छ । पक्राउ परेकाहरुको इलाका प्रहरी बुटवलले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित : मंसिर ४, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?