कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

बबई नदीमा सेना बेपत्ता

कमल पन्थी

बर्दिया — बुधबार वनभोज खान गएका नेपाली सेनाका सिपाही बारबर्दिया नगरपालिका—१ स्थित बबई नदीमा बेपत्ता भएका छन् । वनभोज खान पुगेका बारबर्दिया—७ का अन्दाजी २६ वर्षीय विष्णु रनपाल साँझ करिब ५ बजे बेपत्ता भएको प्रहरी उपरीक्षक केदार रोजौरेले बताए ।

भद्रकाली गण, काठमाडाैंमा कार्यरत उनको परिचयपत्र वनभोज स्थलमा फेला परेकोले उनी नेपाली सेनामा कार्यरत रहेको प्रहरी उपरीक्षक रोजौरेले जनाए । प्रहरीले वनभोज खान पुगेका दुई समूहबीच विवाद हुँदा झडप भएपछि उनी बेपत्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सिपाहीको खोजी बुधबार साँझदेखि भइरहेको छ । प्रहरी निरीक्षकको कमान्डमा भुरीगाउँ र बनियाभारबाट प्रहरी टोली उद्दारका लागि खटिएको प्रहरीले जनाएको छ । बिहीबार थप खोजीका लागि सशस्त्र प्रहरी बल परिचालन गरिने भएको छ ।

प्रकाशित : मंसिर ४, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?